SELECT YOUR LANGUAGE TYPES ::::::::

Earn money from online

 
 
 
 
 Make a money!!! Contact us for your one job.. 9801053984

 

GooGLE search

DATE CONVERTER
Showing posts with label STORY. Show all posts
Showing posts with label STORY. Show all posts

5/26/10

My True Love

0

I was fifteen when I met Akira.  He was sixteen at the time.  I remember the day perfectly.  I was sitting in fourth period History when my guidance counselor came knocking at the door.  After my teacher let her in, she took a deep breath and said “Here is your new student, Akira Zhang.  I expect you will treat him with the


it isnt childish..

0

hey friends.here is my own story to share with u..i fell in love wen i was 14./it all started the day wen i askd him for friendship.despite the age gap of 9 and half years i was lucky enuf to be accepted as a friend..we exchanged e mail…somtimes chat..only after 2 months we exchanged mobile numbrs..i used to talk frm my mothers fone..(i got my persnl fone i mnth latr)..
rumours spread lik fire ..it had to be we both were the smartest nd the hottest in our respective groups..ppl said “we r just attracted..its not friendship…just infatuation…” .
why do they hav to worry wheathr m attracted or lovd or killed..ppl sue evry blooming relatin with their unnecessary interventions..uff….and then fingers wer raised on our morality..’where the hell is this written that frindsip is immoral’…we decided to quit our frndsip wile talking on fone..we both kept crying the whole nite..u kno, wat is destined cant be prevnted..we were back..we used to say…we will always be frnds…will never becom lovers…but slowly we moved on from frnd to best frnd..we shared almost evrything..after 7 months this bestfrnd tag changed..he proposed me and i cudnt refuse….we were 2gether now..frm then onwards,i was living for him…nd he for me..i have nevr imagind that a boy can b so true nd loyal …the love the happiness i got cannt be expresd in words.many unusual things happened..we faced every difficulty which came our way..and with them our love grew stronger…we became our strenth..we loved nd loved ……….we live in diffrent cities but our soul survives as 1…..guys,u kno wats the best part of it,now am 17 nd we still love eachother the same..and plan to disclose the secret to our family as i bcom 18 nd eligible for it and get engaged next year…


i loved him but he didnt love me back :’(

0

there was this boy in year 6 tht i really liked and he was soooo cute. i askd him out and he said no because he has never tlked to me. so i got to know him and then asked him again. he said yes and that made my day. so like we all do, we hang out, go swimming, go to the cinema bowling. then i was supposed to meet him at the park so we could hang out. so then in the morning of the day im supposed to be meeting him my bestfriend rings up and says dont go to the park to meet him. i thought she was joking so i hung up. she rang me back and said i seriously shouldnt go. i asked her why and then her voice dropped and she said tht he had dumped me. my heart missed a few beats. i was so sad, so i rang him back and asked him why he dumped me and he said me and him were like two jigsaw pieces that just didnt fit together. i hung up and started crying, i thought this isnt fair. my life had just started getting better, he was and will be the only person i truely loved. im in year 7 now and moving up to year 8 in summer. me and him dnt tlk anymore. it ruined are relatioship as friends. i also hate it that he has changed for the worst at grammer school.


3/22/10

कोठा खोज्नुको पीडा र छाँया

0

कोठा खोज्नुको पीडा र छाँया


  
Kedar Sunuwar

HTML clipboardCollect by dEEp

            ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ?
भोली !
कतिबजे ?
ठीक तीन बजे !
हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ?
केबी !
हुन्छ केबी भोली भेटौंला, तर तिमीलाई बिज्ञापनका कुराहरूचैं थाहाँ हुनुपर्छ है आउनुभन्दा अगाडि ।
मैले  त्यसमा कुनै समस्या नभएको बताए ।
साँच्चै टेलिफोनमा मलाई फ्रेडले निक्कै चित्त बुझ्दो कुरा गरेका थिए । जो चाँडो आउँछ उसैको हुनेछ कोठा, किनकी म दिक्क भैसकेको छु तिमी जस्ताहरूको फोनको वार्तालाभले ।


पापी समय र निष्ठूरी मायालु

0


पापी समय र निष्ठूरी मायालु



  
Kedar Shrestha

HTML clipboard Collect by dEEp
समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो छैन । म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले । तर, मैले सोंचेजस्तो हुँदोरहेनछ । समय मान्छेको माउते नै रहेछ । करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले ।
खाना खाइसकेपछि टी.भी. हेरिरहेको छु । आज दिशानिर्देश आउने दिन, त्यसैको प्रतीक्षामा छु । प्रायः दिशानिर्देश म कहिल्यै छुटाउँदिन किनकि म विजयकुमार पाण्डेको फ्यान हुँ । म उनको प्रश्न सोध्ने शैलीबाट अति प्रभावित छु । त्यतिमात्र नभएर यो कार्यक्रम


आइमाई

0


आइमाई

  
Kedar Shrestha

Collect by dEEp
आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा यो पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै वगिरहेछ आँसु आँखाबाट ।
गाउँमा उनीहरूको जीवन सामानय र अनुकरणीय थियो पहिले । सबैजना उनीहरूलाई आदर गर्थे । तीन जनाको सुखी र आदर्श परिवार थियो । विहान सखारै उठ्थे दुबै वूढावूढी नै । वूढा गोठधन्दामा लाग्थ्यो । वूढीचाहिँ घरधन्दातिर लाग्थिन् । गोठधन्दा सकेपछि घर नजिकैको धारामा स्नान गरी धोती फेरेर पूजा कोठामा गइ पूजाआजा गर्थ्यो । त्यसपछि एकआधा घण्टा रामायण गरिसक्दा वूढीले चिया पकाई सकेकी हुन्थिन् । वूढा चिया खाई लाग्थ्यो खेतिपातीको काम गर्न खेततिर ।


सिपाहीको सपना

0

सिपाहीको सपना

  
Ramkrishna Sunuwar

Collect by dEEp
          उसलाई विश्वास नै भएन सिपाहीमा सफलतापूर्वक नाम दर्ता भएकोमा । मात्र सम्झना छ, चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसेपछि सिपाहीहरूको जत्थाले हुलका हुल नवजवानहरू, उस्तै उस्तै उमेरकाहरूलाई विभिन्न होडबाजीमा भिडाएको । उसलाई अत्तोपत्तो नै भएन, कुनै पनि कुराको जानकारी ठप्प छ ।
          कहिले तीनकुनेबाट फोक्सो फुलाउँदै घोडा झै दौडिरहेको बेला नाक, मुख, कान, आँखा तथा चर्मका हरेक प्वालहरूबाट श्वास-प्रश्वास भै रहेको भान हुन्थ्यो । वर्षातको झरीले मूल फूटाए झै हुन्थ्यो शरीरभरी । चौतारी परेड, भोलीपल्ट बिहानै


3/18/10

अन्तिम निर्णय

0


अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने गाउँलेहरूको होस उडेकोझैँ भएको थियो ।


लाचारी

0


उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले हुर्काउने ? यस्ता धरै प्रश्नचिन्हहरू आउन सक्दथे । वर्तमानमा विवाह उनको लागि अपरिहार्य नै थियो । उनले विवाह गरेकोमा मलाई किञ्चित दुःख छैन तर मेरो आफ्नो स्वार्थले मलाई उनको विवाहमा हर्सोल्लास मनाउन दिएको पनि छैन । मान्छे कति स्वार्थी हुँदोरहेछ, म आफैँलाई हेरेर बुझ्दैछु ।


द्वार

0


उपत्यकामा धेरै द्वार छन् । ठाउँठाउँमा, टोलटोलमा कलात्मक, बढे ढुङ्गाका द्वार भएर भित्र-बाहिर गरिरहेछन् खचाखच मानिसहरू । द्वारमध्ये एउटा द्वारबाट सेतो पहिरनमा एउटी महिला निस्किन्छिन् । दिनदिनै समाजसेवामा जान्छिन् । अस्पताल पुगेपछि कसलाई आवश्यक परेको छ, सकेसम्म मिलाइदिन्थिन् ।


ठूला मान्छे

0


आज बिहानैदेखि अस्पतालको चहलपहलै अर्कै थियो । सबै जना व्यस्त थिए- तलमाथि गर्दै र भित्र-बाहिर गर्दैमा । म सुतेको कोठामा पनि डाक्टर र नर्सहरू साथै कहिलै नदेखिएका अनुहारहरू, अपरिचितहरू आइरहे-गइरहे ।
 त्यो दिन दूधको स्वाद पनि नौलो थियो । दूध पनि बाक्लो । तरैतरले ढाकेकोजस्तो । विष्कुट पनि आकारमा ठूल्ठूला र सङ्ख्यामा हिजो अस्तिको भन्दा दोब्बर थियो । दूध पिउन भ्याएको थिइनँ । बिस्कुट चपाएर निल्नै पाएको थिइनँ । तातो पानीले भरिएको बाल्टिन लिएर अगाडि उभिएकी नर्सले भनिन्- "बिरामी मान्छे फोहरी भएर बस्नु हुँदैन, बरोबर नुहाउनु पर्दछ ।"
 मलाई अचम्म लाग्यो । कानले पनि केके सुन्नुपर्दोरहेछ भनेजस्तो लाग्यो । सूर्य पूर्वबाट उदाएको हो कि पश्चिमबाट- निर्क्योल गर्न पनि गाह्रो भइरहेको थियो । त्यसैले कोठाको चारैतिर हेरेँ । सबै आ-आफ्ना ठाउँमा पहिलेजस्तै थिए । मैले आफ्नो बेड नियालेँ । बेड जहाँको त्यहीँ थियो । अगाडि हेरेँ । अगाडिको बेडमा त्यही बिरामी हिजोअस्तिजस्तै निस्तेज अनुहार लिएर अडेस लाएर बसिरहेको थियो । बिहानको न्यानो घाम पूर्वको झ्यालबाटै पसिरहेको थियो । मेरो भ्रम निवारण भयो- "सूर्य पश्चिमबाट होइन, पूर्वबाटै उदाएको थियो । दृष्टि दोष पटक्कै होइन ।"
 बिहानदेखि अस्पतालमा चहलपहल निकै बढिसकेको थियो । सुकिला लुगा लगाएकाहरू, चहकिला अनुहार बोकेकाहरू, फरासिला धेरै स्त्री-पुरुषहरू ओहोर-दोहार गरिरहे । सबै उत्सुक र चनाखा थिए ।
 मेरो मनमा अनेक कुरा खेल्न थाले- "यी ठूलामान्छेहरू सधैँ किन अस्पताल आउँदैनन् ? सधैँ नभए पनि बरोबर मात्र आउने जाने गरेको भए वा ठूलोमान्छे अस्पतालको दायाँबायाँ बसेर अस्पतालको क्रियाकलाप नियालिरहेको आभाष सबैका मन-मस्तिष्कमा पार्न सके मैले दूधको स्वाद, बिस्कूटको आकार-प्रकार र सङ्ख्यामा फरक पाउनुपर्ने थिएन । सबैले आ-आफ्ना दायित्वबोध गरे सूर्य कुन दिशाबाट उदायो भनेर भ्रममा पर्नुपर्ने थिएन ।"
 मेरो मनमा थरीथरीका कुरा खेल्दै थिए । त्यसैबेला ठूलोमान्छे गलाभरि माला लाएर मेरै कोठामा पसे ।
 -कमलविनायक, भक्तपुर-४


यस्तो पनि हुँदैछ

0

दिनभरिको थकाइले होला मस्त निद्रामा परेँछु । 'किरिरी किरिरी' फोनको घण्टी बज्दा पो झसङ्ग भएर एकैचोटि फोन उठाउन पुगेछु । मैले फोनको रिसिभर कानमा लगाएँ, यताबाट हेलो गर्न नपाउँदै उताबाट भयमिश्रति एउटा पुरुष आवाज आयो- 'म्याडम ! सरको भाइलाई फोन दिनु ।' मैले फोन गर्ने मानिसको आवाज चिन्न सकिनँ दिनेश बाबुलाई बोलाएर फोन दिएँ ।


पूरै आयु

0


सम्झनाको घर नेपालको वीरेन्द्रनगर, सुर्खेत हो । आधुनिक सञ्चारमाध्यमको सशक्त साधन कम्प्युटरमा सम्झनालाई च्याट गर्ने बानी बनिसकेको छ । कि-बोर्डमा टाइप गर्दै हाँस्ने, रमाइलो मान्ने अनि भावुक हुने दिनचर्याको एउटा भाग उसको भइसकेको छ । साइबरमा पैसा तिरेको उसलाई कति पनि मनखत लाग्दैन ।


विद्रोह

0


निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् ।
बिस्मात् ! आधा रातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तद्वन्द्व चलेको हिजो साँझदेखि नै । कसैगरी छोड्नु छ उसले ओछ्यान । जीवनसाथी सपना देखिरहेछ सधैँझै ।
लोग्नेको भारी हात पन्छाउँदै उठ्छे ।
निर्दयी प्रकृति ! "कस्तो हुरी चलेको ! खालबाट रित्तिएर निस्किएको जुवाडेको पर्याय हुनुपर्छ "- मनमनै भन्छे । त्यसपछि सरलाले झ्यालबाहिर चिहाई । मुसलधारे पानी पर्छजस्तो छ आकाश हेर्दा । खडेरी परेर केहीमा प्राण छैन । जीवन चाहिएको छ सबलाई ।


दुई किनार

0


उँधोमुन्टो लाएर भौँतारिरहेको पात्र १ लाई देखेर पात्र २ मुस्कुरायो । त्यो व्यङ्ग्य वा स्वागत के हो ? अन्योलमा पर्यो पात्र १ ।
शङ्का प्रथम- तिम्री स्वास्नी पोइला गई ?
शङ्का द्वितीय- तिम्रो  सम्पत्ति चोरियो ?
शङ्का तृतीय- तिम्रा बाबुआमा कोही मरे ?


लघु कथा – “पातलीको रहर” – बिनोद खड्का, दोहा, कतार

0

अप्रील २०, २००९

पातलीले आफ्नो खसमसंग जसै फोनमा कुरो के टुंग्याएर गाँउ फर्केर्की थिई गाँउमा त  हल्ला यसरी फैलियो जसरी तालमा ढुंगा हान्दा तरंगहरु चारैतिर फैलिन्छन। लेकदेखि बेसीसम्म, गाँउदेखि वनसम्म, चौतारीदेखि पधेरोसम्म एउटै कुरो। कुरो के त भन्दा पातलीको पोई काजिमान अरबमा अध्यक्ष भयो रे। गाँउमा काजिमानको चर्चासंगै प्रसंशा चल्न थाल्यो। बुढाहरुले भने यो गाँउमा दूईटा केटाहरुले गजबको प्रगती गरे। एक थियो खत्रीकान्छाको छोरो हर्क बहादुर जो गाँउमा भैसी चोरीको आरोप लागेपनि शहरमा गएपछि सुधि्रएपछि मन्त्रि भएको थियो। मन्त्रि भएपछि भलै गाँउमा नफर्केपनि र गाँउको हालत उस्तै भएता पनि कम्तिमा यो गाँउका मान्छेहरुले हाम्रो गाँउको मान्छे मन्त्रि त छ भन्न पाएका छन भन्ने सवालमा तर्क वितर्क गर्दै नयाँ केटाहरुसंगै बुढाहरु चौतारीमा फुर्सद काट्थे। अब काजिमानको प्रगती चौतारीमा चर्चाको  थप सवाल भएको थियो। 

यता पातली भने फुरुंग थिई। नहोस पनि कसरी, उसका बाउले आफ्नो वडाको सदस्य चुनाव लड्दा जति पटक पनि लडेका लडै भएका थिए, कहिल्यै जीत्न सकेका थिएनन। उनै बाउलाई तिम्रा ज्वाई विदेशमा अध्यक्ष भए भन्दा कति खुसी होलान, उसले मनमनै गमी। पोईले फोनमा गरेका अरु कुराहरु सम्झदै जाँदा उ अझै रोमान्चित हुन्थी। उसको पोईले भन्थयो उ असाध्यै व्यस्त छ रे। शुक्रवारको एकदिन छुटृी पनि यता बैठक उता बैठक भनेर फुर्सदै पाईदैन। कामैकामको चापाचाप छ। उ मुस्कुराई। ठूलेकान्छोले जावो वडाको सदस्य हुँदा त पँधेरो बनाउन भनेर ल्याएको पैसा स्वाटठै हजम गर्यो भन्थे गाउँलेहरु, हाम्रा उनी त अध्यक्ष भएका छन त्यसमाथि पनि घर बनाउने काममा गाको भन्थे पैसा त मज्जैसंग लेराउने भए। पातलीको एउटै रहर फेरी उसले सम्झी बयर डाँडाको तल्लो भनज्यांगमा भात होटेल लगाउने। उ फेरी एक्लै मुस्कुराई। हुन पनि त्यो भनज्यांग माथीदेखि तलसम्मकाहरुका लागी असाध्यैको चल्तीमा छ। यसै आधारमा भात होटेलले राम्रो व्यापार गर्ने पातलीको दृढ अनुमान थियो।

गाँउका आंसिक बेरोजगार ठीटाहरु साँझसम्म पनि भनज्यांगको टेलिफोन पसलमा काजिमानसंग विदेस जाने रहर पोखिरहेका देखिन्थे। त्यो दिन एउटै कुरा परपरसम्म पनि सुनिईरहेको थियो।


गाउँ खाने कथा

0

[परिवर्तन्] केही प्रचलित गाउँ खाने कथाहरू

  • अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने = हुक्का तानेको।
  • अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
  • आमा छाद्छे, छोरी खान्छे-गाग्रीबाट लोटामा पानी सारेको।
  • एक खुट्टे धामी थरथरी कामी-जूको।
  • खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, -घाम, बाघ र सर्प।
  • तीन भाइको एउटै पगरी-ओदान।
  • धार्नी न बिसौली दुई हातले उचाली-टोपी।
  • नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।
  • नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
  • बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ-गोरू जोतेको।
  • भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ-छायाँ।
  • लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी-जीरे खुर्सानी।
  • लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी-जुम्रा मारेको।
  • वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।
  • वारी भर्याीङ पारी भरया ङ तेरो बाउको लुते करङ-बाँसको फड्के (पूल)।
  • सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
  • सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
  • हस्तबीरले सिंगबीरलाई पछार्योु-सिँगान फ्याँकेको।
  • तामे नल फलामे फल के हो? = फापर
  • चाँदीको ठेकी सेउलाको बिर्को = मूला


नयाँ

0


काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँहाम्रो नेपाल पुरानै छ, तिम्रो जीवनशैली नयाँ

सबै ठूला पदहरुमा आफ्नै चम्चाहरु भर्यौ
उपहार भन्दै घुस, लिई तिमी दङ्ग पर्यौ
हाम्रो आङ नङ्ग्याएर, तिमी लाउँछौ सुट नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

धिक्कार छ हामीलाई तिम्रो विश्वास गर्यौं किन
तिम्रा मिठा कुराहरुको जालमा हामी पर्यौं किन
हामीलाई नै लत्याएर, तिमी चाल खेल्छौ नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँ
हाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँ
उनको जीवनशैली नयाँ ।।।


मेरी अनलाइन साथी

0

म आज निकै निरास छु । हिजो बेलुकापनि आस्था अनलाइन भएकी थिइन। “मेरै कुराले रिसाएर होला नि मैले किन त्यसो भने हुँला!” यस्तै कुराहारुले आज मेरो मनमा खैलाबैला मच्चिएकोछ। “पुकार! के भो यार तलाई आज सन्चो छैन कि कसो?” निशान्तले धेरै पटक सोधिसक्यो, तर पनि हाँसिरहनु, बोलिरहनु पर्ने म आज निरास अनि चुपचाप छु।
आस्था मेरी अनलाइन साथी हो, उ अर्कै कलेजमा पढ्छे । आजसम्म मैले र आस्थाले एकअर्कालाई देखेकाछैनौं । एक वर्षजस्तो अगाडी मेरो र आस्थाको चिनजान भएको थियो । आस्थालाई भेट्नु अघि मलाई …

“कुनैपनि मान्छेसंग …अलिअलि च्याट गर्दैमा साथीको दर्जा कसरी दिन सकिन्छ होला” जस्तो लाग्थ्यो । कतिपय ठाउँमा त यस्ता इन्टरनेट च्याटिङका विभत्स रुपहरु पनि देखिएकाछन् । त्यसैलेपनि म यसलाई त्यति विश्वास गर्दिनथिएँ । मेरा कतिपय साथीहरुका त अनलाइन प्रेमी प्रेमीकापनि छन्, यस्ता सम्बन्ध त अझैपनि मलाई फेसनको एउटा रुपमात्र लाग्छन् । यस्ता जमाना अनुसार अलि पुराना सोचाइहरु भएको भएपनि मैले आस्थासँग इमानदारी पूर्वक मित्रता गरें । “थाह छ ! मेरो दिमागमा तिम्रो एउटा तस्वीर बनिसकेको छ, म चित्रकार भएकोभए त्यो तस्वीर बनाएर पठाउँथें तर के गर्नु म पोट्रेट बनाउँन जान्दिन ” एकदिन मैले यसो भन्दा फुरुङ्ग परेकी थिई आस्था अनि उसको दिमागमा पनि मेरो छवि भएको कुरा बताएकी थिई ।
म आस्थासँग निकै खुलेर कुरा गर्न सक्छु । देशको परिस्थितिका विषयमा, सिनेमा र हिरोहिरोइनका विषयमा, पढाइका विषयमा, साहित्यका विषयमा, अनि आफ्नै विषयमा पनि मैले ऊसँग धेरै कुरा गरेको छु। एकवर्षको अन्तरालमा हामी बिच निकै गहिरो मित्रता गाँसिएकोछ, मैले आजसम्म उसँग कुनैपनि कुरा लुकाएको छैन । अनि शायद उसलेपनि इमानदारी पुर्वक हाम्रो मित्रतालाई अगाडि बढाएकी छे । कहिलेकाहीँ मलाई लाग्थ्यो ” म कसरी आस्थालाई यति विश्वास गर्न सक्छु र ! उसले भनेका सम्पूर्ण कुराहरु झुठा हुनसक्छन्, मेरो चोखो मित्रता, मेरा पवित्र भावनाहरु कतै भद्दा मजाक बनिरहेका हुनसक्छन् । ” यस्ता कुराहरुले मलाई कहिलेकाहीँ तनावपनि दिने गर्थे तर उसँग अनलाइन च्याट गर्न थालिसकेपछि भने म उसलाई पुरा विश्वास गर्थें । आस्था कसैको काल्पनिक नाम नै किन नहोस्, जसको छवि मैले आफ्नो दिमागमा राखेकोछु, उसैलाई म आस्था मान्छु , मेरी अनलाइन साथी आस्था ।
अस्ति उसले मेरा सामु अनौठो प्रस्ताव राखी । ” पुकार ! हामी भेटौं न एकदिन, आइ रियल्ली वान्ट टु मिट यु भन न कहाँ भेट्ने ?” म छक्क परें । अहिले सोच्दा त त्यति छक्क पर्नुपर्ने कारण केही थिएन । साथी मानेको मान्छेलाई एकपटक हेर्ने इच्छा लागेको होला उसलाई । तर त्यतिखेर मैले यी कुरा सोच्दै सोचिन । मेरो एकोहोरोपन नै त होला यो, म आस्थाको छविलाई नै साथी मान्थें । मेरो कल्पना मा जस्ती आस्था बसेकि छे, म उसैलाई साँच्चैकी आस्था मान्छु र मानिरहन चाहन्छु । यसो सोच्दा त यो मेरो पागलपन नै लाग्छ तर साँच्चै मैले आस्थालाई हेर्ने, उ कस्ती छे, जान्ने इच्छा कहिल्यै राखिन । ऊ पनि त मेरो छवि उसको दिमागमा भएको कुरा गर्थी, म उसको कल्पनाको पुकार भन्दा बिल्कुलै पृथक हुन सक्छु । यही कुराले हाम्रो मित्रता, हाम्रो सम्बन्ध टाढिंदै अनि चिसिंदै जानसक्छ । आस्थाको प्रस्तावपछि यहि सोचेको थिएँ मैले । आफूले सोचेका यिनै कुराहरुलाई बेलिबिस्तार लगाउँदै मैले उसलाई भनेको थिएँ ” आस्था साथीको रुपमा म तिमीलाई गुमाउन चाहन्न त्यसैले आइ एम भेरी सरी टु से, बट आइ क्यान नट मिट यु” । मेरा कुराहरु सधैं सकारात्मक लिने आस्थाले मलाई बुझ्न सकिन । ” ओके ओके! आइ गट इट, तिमी हाम्रो सम्बन्धमा इमानदार रहेनछौ, त्यसैले त भेट गर्न डराउँछौ” ऊ निकै रिसाएकी जस्तो लाग्यो मलाई । सम्झाउन खोज्दैमात्र के थिएँ, आस्था मसँग रिसाएर अफलाइन भई ।
अब त उसको रीस अलि शान्त भयो होला भनेर म हिजोपनि अनलाइन भएँ तर ऊ आइन । अनि मैले उसलाई एउटा लामो इमेल पठाएँ, आफ्नो मन भरिका सारा भावना त्यो इमेलमा छताछुल्ल पारिदिएको थिएँ मैले ।
“आज आस्था अनलाइन आउली कि नआउली ! मेरो इमेल त उसले पक्कै पढी होला, के सोची होला उसले फेरि” यिनै कुराले मेरो मथिंगलमा खलबली मच्चाउँदैछन् आज । आजपनि आस्थाले मलाई बुझिन भने म उसलाई भेट्छु नै बरु तर उसलाई गुमाउन सक्दिन भन्ने निर्णय गरें मैले । आफ्नो एकोहोरोपनका लागि त्यो चोखो मित्रतालाई बलि चढाउन चाहन्न म ।
कलेजमा एउटा बोझिलो दिन बिताएर घर फर्केपछि डराउँदै इन्टरनेट कनेक्ट गरें मैले। आस्था अनलाइन भएको कुरापनि थाह पाएँ तर किन किन उसँग कुरागर्न शुरुगर्नै डरलाग्यो मलाई । ” हाई पुकार तिम्रो इमेल पढें मैले, आइ एम सरी ल मेरो रुड बिहेबियरको लागि !” आस्थाले आफैं कुरा सुरु गरी । उसले मेरो इमेललाई सकारात्मक नै लिइछ, मेरा सारा तनावहरु उसका हरेक वाक्यसँगै घट्दै घट्दै गइरहे । ” तिमी चाहँदैनौ भने म भेट्ने कर गर्दिन, यु आर सो इमेसनल माइ फ्रेन्ड, म तिम्रो भावनामा ठेस पुर् याउन चाहन्न, हामी सँधै अनमाइन साथी भएर नै एकअर्काको सुखदु:खमा साथ दिनेछौं है त! अब त खुशी छौ तिमी ? ” उसले यसो भनेपछि त मेरो हर्षको सीमा रहेन । ” छु आस्था छु, म धेरै खुशी छु, धन्यवाद छ तिमिलाई मलाई बुझिदिएकोमा अनि यति राम्रो मित्रताको उपहार दिएकोमा, थ्याङ्क्स अ लट फर गिभिङ मी सच अ ब्युटिफुल रिलेसनसिप” यसरी आफ्नी साथी सामु आफनो खुशी जताएँ मैले ।
साँच्चै अब म ज्यादै खुशी छु । अघिसम्म बोझिले भएको मेरो मन, चङ्गा बनेर आकाशमा उड्दै छ जस्तो लाग्छ अहिले । म जे गर्छु भावनामा डुबेर गर्छु, यो कुरालाई कति राम्ररी बुझेकी छ उसले । मेरो भावुकतामा अनि मेरो एकोहोरोपनमा पनि राम्रो मित्र बनेर साथ दिएकि छ उसले । मलाई गर्व छ आज उ प्रति मेरी अनलाइन साथी, आस्थाप्रति ।


तिमीलाई के हुन्छ ?

0


कागले कान लग्यो भन्दा कागका पछि कुद्छौ
मिल्न जान्या छैनौ कहिल्यै परस्पर जुद्छौ
देशको अशान्तिले तिम्रो मन कहिले छुन्छ ?
म जहाँसुकै जन्मेपनि तिमीलाई के हुन्छ ?

ह्रितिक रोशन काण्ड भन्दै नेपालीलाई मार्छौ
इराकको विरोध भन्दै आफ्नै देश बाल्छौ
आफ्नाहरुको दु:खमा तिम्रो मन कहिले रुन्छ ?
म जहाँसुकै जन्मेपनि तिमीलाई के हुन्छ ?




 

आफुलाई मन परेको गीत download गर्नु होस् Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by pradip