SELECT YOUR LANGUAGE TYPES ::::::::

Earn money from online

 
 
 
 
 Make a money!!! Contact us for your one job.. 9801053984

 

GooGLE search

DATE CONVERTER

3/18/10

गाउँ खाने कथा


[परिवर्तन्] केही प्रचलित गाउँ खाने कथाहरू

  • अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने = हुक्का तानेको।
  • अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
  • आमा छाद्छे, छोरी खान्छे-गाग्रीबाट लोटामा पानी सारेको।
  • एक खुट्टे धामी थरथरी कामी-जूको।
  • खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, -घाम, बाघ र सर्प।
  • तीन भाइको एउटै पगरी-ओदान।
  • धार्नी न बिसौली दुई हातले उचाली-टोपी।
  • नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।
  • नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
  • बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ-गोरू जोतेको।
  • भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ-छायाँ।
  • लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी-जीरे खुर्सानी।
  • लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी-जुम्रा मारेको।
  • वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।
  • वारी भर्याीङ पारी भरया ङ तेरो बाउको लुते करङ-बाँसको फड्के (पूल)।
  • सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
  • सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
  • हस्तबीरले सिंगबीरलाई पछार्योु-सिँगान फ्याँकेको।
  • तामे नल फलामे फल के हो? = फापर
  • चाँदीको ठेकी सेउलाको बिर्को = मूला


0 comments:

Post a Comment

YOU CAN POST A COMMENT TO THIS BLOG!!!!!!



 

आफुलाई मन परेको गीत download गर्नु होस् Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by pradip