अप्रील २०, २००९
पातलीले आफ्नो खसमसंग जसै फोनमा कुरो के टुंग्याएर गाँउ फर्केर्की थिई गाँउमा त हल्ला यसरी फैलियो जसरी तालमा ढुंगा हान्दा तरंगहरु चारैतिर फैलिन्छन। लेकदेखि बेसीसम्म, गाँउदेखि वनसम्म, चौतारीदेखि पधेरोसम्म एउटै कुरो। कुरो के त भन्दा पातलीको पोई काजिमान अरबमा अध्यक्ष भयो रे। गाँउमा काजिमानको चर्चासंगै प्रसंशा चल्न थाल्यो। बुढाहरुले भने यो गाँउमा दूईटा केटाहरुले गजबको प्रगती गरे। एक थियो खत्रीकान्छाको छोरो हर्क बहादुर जो गाँउमा भैसी चोरीको आरोप लागेपनि शहरमा गएपछि सुधि्रएपछि मन्त्रि भएको थियो। मन्त्रि भएपछि भलै गाँउमा नफर्केपनि र गाँउको हालत उस्तै भएता पनि कम्तिमा यो गाँउका मान्छेहरुले हाम्रो गाँउको मान्छे मन्त्रि त छ भन्न पाएका छन भन्ने सवालमा तर्क वितर्क गर्दै नयाँ केटाहरुसंगै बुढाहरु चौतारीमा फुर्सद काट्थे। अब काजिमानको प्रगती चौतारीमा चर्चाको थप सवाल भएको थियो।
यता पातली भने फुरुंग थिई। नहोस पनि कसरी, उसका बाउले आफ्नो वडाको सदस्य चुनाव लड्दा जति पटक पनि लडेका लडै भएका थिए, कहिल्यै जीत्न सकेका थिएनन। उनै बाउलाई तिम्रा ज्वाई विदेशमा अध्यक्ष भए भन्दा कति खुसी होलान, उसले मनमनै गमी। पोईले फोनमा गरेका अरु कुराहरु सम्झदै जाँदा उ अझै रोमान्चित हुन्थी। उसको पोईले भन्थयो उ असाध्यै व्यस्त छ रे। शुक्रवारको एकदिन छुटृी पनि यता बैठक उता बैठक भनेर फुर्सदै पाईदैन। कामैकामको चापाचाप छ। उ मुस्कुराई। ठूलेकान्छोले जावो वडाको सदस्य हुँदा त पँधेरो बनाउन भनेर ल्याएको पैसा स्वाटठै हजम गर्यो भन्थे गाउँलेहरु, हाम्रा उनी त अध्यक्ष भएका छन त्यसमाथि पनि घर बनाउने काममा गाको भन्थे पैसा त मज्जैसंग लेराउने भए। पातलीको एउटै रहर फेरी उसले सम्झी बयर डाँडाको तल्लो भनज्यांगमा भात होटेल लगाउने। उ फेरी एक्लै मुस्कुराई। हुन पनि त्यो भनज्यांग माथीदेखि तलसम्मकाहरुका लागी असाध्यैको चल्तीमा छ। यसै आधारमा भात होटेलले राम्रो व्यापार गर्ने पातलीको दृढ अनुमान थियो।
गाँउका आंसिक बेरोजगार ठीटाहरु साँझसम्म पनि भनज्यांगको टेलिफोन पसलमा काजिमानसंग विदेस जाने रहर पोखिरहेका देखिन्थे। त्यो दिन एउटै कुरा परपरसम्म पनि सुनिईरहेको थियो।
Hello world!
-
Welcome to WordPress. This is your first post. Edit or delete it, then
start writing!
5 weeks ago





0 comments:
Post a Comment
YOU CAN POST A COMMENT TO THIS BLOG!!!!!!